काठमाण्डौ ,१७ मंसिर ।
यतिबेला उपत्यकामा खाना पकाउने एलपि ग्यासको अभावका कारण यतिबेला धेरैको चुलो बल्न सकेको छैन ।
सरकारले विकल्पमा दाउरा उपलब्ध गरेपनि बाल्ने ठाउ नभएकाहरुलाई समस्या हुने भएका कारण त्यसले पनि सहजता प्रदान गर्न सकेन ।
पेट्रोल तथा डिजेलमा विकल्प खोज्दै सरकारले केहि सहजता प्रदान गरेपनि ग्यासमा अझै समस्या छ । सुनौलीमा ११४ वटा लोड बुलेट अड्किएको छ ।
त्यस्तै रक्सौलमा २०८ वटा बुलेट अड्किएको छ । त्यसलाई ‘रिरुट’ गरेर अगाडि बढाउन प्रयास भइरहेको निगमले जनाएको छ ।
मुलुक भित्रिएका ग्यासलाई व्यवस्थित गरी सम्पूर्ण विवरण तयार गरेर ग्यास वितरण गरिएको निगमको दाबी छ ।
काठमाडौँमा ग्यास कम आएकाले तराईको तुलनामा काठमाडौँमा ग्यासको बढी समस्या छ । ग्यास कुल मागको आठदेखि १० प्रतिशतमात्र आपूर्ति हुने गरेकाले पनि समस्या भएको छ ।
बङ्गलादेशले ग्यास दिने सम्भावना देखिएन र चीनबाट पनि तत्काल ग्यास ल्याउने अवस्था नभएकोले ग्यासको अभाव अझै कायमै रहने बताइएको छ ।