फिफाका दुई उच्च अधिकारी पक्राउ

फिफाका दुई उच्च अधिकारी पक्राउ

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, १८ मंसिर ।

फिफामा भ्रष्टाचारविरुद्धको कारवाहीमा थप दुई उच्च अधिकारी पक्राउ परेका छन् ।

हिजोमात्रै स्विट्जरल्याण्डमा फिफाका दुई उच्च अधिकारीलाई पक्राउ गरिएको छ भने अमेरिकामा थप १६ अधिकारीविरुद्ध मुद्दा दायर गरिएको छ ।

फिफा अध्यक्ष सेप ब्लाटर, महासचिव जेरोमी भाल्के, युरोपियन फुटबल प्रमुख मिचेल प्लाटिनीलगायतका केही उच्च अधिकारीहरुमाथि यसअघि नै विभिन्न मुद्दामा कारवाही भइरहेको छ ।

अमेरिकाको वासिङ्टनस्थित न्याय विभागद्वारा जारी गरिएको विज्ञप्ति अनुसार पछिल्लो पटक थप १६ जनाविरुद्ध भ्रष्टाचार, सम्पत्ती शुद्धिकरण र संस्थागत जालसाझीलगायतका मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएका अधिकारीहरुमा ब्राजिलियन फुटबल संघका अध्यक्ष मार्को पोलो डेल नेरो, पूर्व अध्यक्ष रिकार्डो टेक्सेरालगायत दक्षिण अमेरिका, उत्तर अमेरिका तथा क्यारेवियन राष्ट्रका वर्तमान एवम् पूर्व फुटबल पदाधिकारीहरु रहेका छन् ।

अमेरिकी न्याय विभागले पछिल्लो डेढ दशकमा विश्व फुटबलमा २० करोड अमेरिकी डलरभन्दा बढी अनियमितता भएको आरोपमा ब्यापक छानविन चलाइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी