घुस लिएको आरोपमा फिफाका दुई उच्च अधिकारी स्विजरल्याण्डमा पक्राउ

घुस लिएको आरोपमा फिफाका दुई उच्च अधिकारी स्विजरल्याण्डमा पक्राउ

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१७ मंसिर ।

घुस लिएको आरोपमा फुटवलको सर्वोच्च निकाय फिफाका २ उच्च अधिकारी स्वीजरल्याण्डको जुरिचबाट पक्राउ परेका छन ।

प्रहरीले जुरिचस्थित एक होटेलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ती अधिकारीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरुले घुसवापत लाखौं डलर घुस लिएको आरोप लागेको छ ।

स्वीजरल्याण्डको न्यायसम्बन्धी संघीय कार्यालयले पक्राउ परेको फिफाका अधिकारीहरुविरुद्ध विभिन्न फुटवल प्रतियोगिता आयोजना गर्न चाहाने मुलुकहरुसंग लाखौं डलर घुस लिएको आरोप लागेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

यता, फिफाले भने सुधारका पक्षमा हुने सबै खाले अनुसन्धानमा आफ्नो पूर्ण सहयोग रहने बताएको छ । यद्यपी आफ्ना उच्च अधिकारीको पक्राउबारे भने फिफाले कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी