विप्लव माओवादी निकट विद्यार्थी संगठनको ‘तीन स’ अभियान सुरु

विप्लव माओवादी निकट विद्यार्थी संगठनको ‘तीन स’ अभियान सुरु

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौं, १७ मंसिर ।

नेत्र विक्रम चन्द विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको तीन महिने तीन स अभियान सञ्चालन भएको छ । अखिल क्रान्तिकारीले सदस्यता वितरण, संगठन निर्माण र संघर्षका गतिविधीहरु सञ्चालन गर्नका लागी तीन महिने तीन स अभियान सञ्चालन गरेको हो ।

मंसिर, पौस र माघ महिनामा चल्ने अभियानले एक लाख विद्यार्थीहरुलाई सदस्यता वितरण गर्ने अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण बहादुर सिंह जानकारी दिनुभयो ।

अध्यक्ष सिंहले अभियान अवधिमा देश व्यापी रुपमा विद्यालय र क्याम्पसहरुमा नमुना ईकाई संगठनहरु निर्माण गरिने बताउनु भयो ।

साथै अभियान अवधीमा शिक्षा मन्त्रालय र शिक्षा विभागको अनुमति विनानै भारतिय लगानीमा नेपालमा सञ्चालन भईरहेका सिवीएसवी स्कुल, शैक्षिक प्रामर्श दाता (शैक्षिक कन्सलटेन्सी) र मेडिकल माफियाहरुको विरुद्धमा आफ्नो संगठनले संघर्षका सवै रुपहरु प्रयोग गर्ने अध्यक्ष सिंहले बताउनु भयो ।

नेपाल सरकारको अनुमति विनानै नेपालमा १४ वटा सिवीएसवी विद्यालयहरुले भारतिय पाठ्क्रम अनुसार नेपाली विद्यार्थीहरुलाई पढाई रहेको र तयारी कक्षाहरु संञ्चालन गरेर विद्यार्थीहरुवाट चर्को शुल्क उठाउने तथाविद्यार्थीहरु पठाए वाफत विदेसी कलेजहरुवाट पनि कमिसन खाने शैक्षिक परामर्श दाता (शैक्षिक कन्सलटेन्सी)हरुका विरुद्धमा आन्दोलन र संघर्ष गर्नै पर्ने आवश्यकतामा रहेको समेत अध्यक्ष सिंहले बताउनु भयो ।

एमविवीएस र एमडी पढ्नका लागी विद्यार्थीहरुले ३५ लाख डोनेसन गर्नु पर्ने सर्वोच्व अदालतले फैसला गरी सकेको सन्दर्भमा पनि ४४ लाख डोनेसन गर्न लगाएर विद्यार्थी पढाई रहेका माफिया मेडिकल कलेजहरुका विरुद्धमा तीन स अभियान अवधी भित्रै संगठनले संर्घष छेड्ने अध्यक्ष सिंहको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी