‘भारती खरेल स्मृति सम्मान शर्मालाई

‘भारती खरेल स्मृति सम्मान शर्मालाई

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ ।

शिक्षा क्षेत्र तथा अध्यात्म क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने चेतनाथ शर्मा आचार्यलाई ‘भारती खरेल स्मृति सम्मान’ बाट आज सम्मान गरिएको छ ।

भारती खरेल प्रतिष्ठानले साहित्यसाधिका खरेलको ७८औँ जयन्तीका अवसरमा सो सम्मान दिएको हो । छब्बीस वर्षसम्म अनवरत रुपमा शिक्षा क्षेत्रमा योगदान पु¥याउनुभएका शर्माले छ पुस्तक लेख्नु भइसक्नुभएको छ । ललितपुरको झरुवारासीमा विसं १९९१ मा जन्मनुभएका शर्मा विसं २०५० देखि पूर्ण रुपमा अध्यात्म क्षेत्रमा लाग्नुभएको हो ।

सो अवसरमा शर्माद्वारा लिखित ‘अन्तरमनका भाव तरङ्ग’ पुस्तक विमोचन गरिएको थियो । पुस्तकमा उहाँले आफ्ना जीवनका अनुभव तथा विदेश यात्रा संस्मरण उल्लेख गर्नुभएको प्रतिष्ठानका सदस्य सचिव प्रयागराज वशिष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्ताले खरेलको साहित्यप्रतिको निष्ठा र आदर्शलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी