एन्फाका गतिविधिलाई पारदर्शी बनाइने

एन्फाका गतिविधिलाई पारदर्शी बनाइने

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १६ मङ्सिर ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिको बैठकले चार महत्वपूर्ण निर्णय गरेको बताएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आफूले कार्यभार सम्हालेपछिको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्नुभयो ।

बैठकले एन्फाले गर्ने आर्थिक कारोबारमा कार्यवाहक अध्यक्ष श्रेष्ठको हस्ताक्षर प्रयोग गर्ने तथा गत वैशाख १२ गतेको भूकम्पका कारण स्थगित भएको एएफसी महिला चौध वर्षमुनि (यु–१४)को नेपाल र बङ्लादेशवीचको फाइनल खेल आगामी डिसेम्बर २० मा काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अर्को वर्ष (सन् २०१६)मा हुने सोही एएफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको लागि नेपालले आयोजना गर्न दाबेदारी पेस गर्ने तथा फिफामा हुन लागेको निर्वाचनका लागि एएफसीका अध्यक्ष शेख सलमानलाई समर्थन गर्ने बैठकले निर्णय गरेको छ ।

यसैबीच, कार्यवाहक अध्यक्ष श्रेष्ठले आफूले सङ्गठनलाई सही दिशा दिने बताउनुभएको छ ।

अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासङ्घ (फिफा)ले निलम्बन गरेपछि कार्यवाहकको जिम्मेवारी पाएका श्रेष्ठले आफू एन्फा हाक्नसक्षम रहेको दाबी गर्नुभयो ।

उहाँले एन्फालाई नयाँ गति दिन उचित सुझाव र सुत्र भए दिएर सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गर्दै भन्नुभयो, “म लामो समयदेखि नेपाली फुटबलमा योगदान गरिरहेको छु, त्यसैले पनि एन्फालाई राम्रो बाटोमा डो¥याउन सक्छु भन्नेमा मलाई पूर्ण विश्वास छ ।

उहाँले भन्नु भयो सङ्घका गतिविधि पारदर्शी बनाउने मैले अठोट लिएकैले मलाई यस पदका लागि राखेप (राष्ट्रिय खेलकुद परिषद्), फिफा, एएफसी (एसियाली फुटबल महासङ्घ) र एन्फाको कार्यसमितिले विश्वास गरेको हो ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी