राष्ट्रिय महत्वका आयोजना ठप्प

राष्ट्रिय महत्वका आयोजना ठप्प

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, १६ मंसिर ।

तराई मधेस क्षेत्रको लगातारको बन्द र भारतको अघोषित नाकाबन्दीले सुदूर क्षेत्रका राष्ट्रिय महत्वका विकास आयोजनाको निर्माणकार्य प्रभावित भएको छ ।

इन्धन अभावमा निर्माण सामग्रीको ढुवानी हुन नसक्दा दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना र महाकालीमा तटबन्ध निर्माण कार्य ठप्प भएका छन् ।

उता कैलालीको चिसापानीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा र कुलरिया सिँचाइ आयोजनाको निर्माणकार्य समेत प्रभावित भएको छ ।

इन्धन अभावमा निर्माण सामग्री ढुवानी हुन नसक्दा दुई वर्षदेखि निर्माणाधीन महाकाली नदी नियन्त्रण आयोजनाको तटबन्ध निर्माणको काम सुचारु हुन सकेको छैन ।

त्यस्तै राष्ट्रिय गौरवको चमेलिया जलविद्युत् आयोजना निर्माणको काम लम्बिँदै गएको छ । ७ वर्ष अघिदेखि दार्चुलाको शिखर गाविसको बलाचमा निर्माणाधीन अवस्थामा रहेको उक्त आयोजना पनि तराई क्षेत्रको लगातार बन्द र पछिल्लो समय भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति हुन नसक्दा आयोजना कहिले सम्पन्न हुने भन्नेमा अझै अन्योल थपिएको छ ।

त्यस्तै राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना निर्माणकार्य इन्धन अभावमा प्रभावित भएको छ । टीकापुरको हिंसात्मक घटना लामो समयको बन्द हडतालले निर्माणकार्य प्रभावित हुँदै आएकामा पछिल्लो समय इन्धन अभावले निर्माणकार्य ठप्प हुन पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी