काठमाडौ १६ मंसिर ।
सर्वोच्च अदालतले एमबीबीएस अध्ययनका लागि विद्यार्थीबाट ३५ लाख रुपैयाँभन्दा बढी शुल्क नलिन मेडिकल कलेजहरुलाई अन्तरिम आदेश दिएको छ । सरकारी मापदण्ड विपरित एमबीबीएसका विद्यार्थीबाट मनपरी शुल्क असुलिरहेका मेडिकल कलेजलाई सर्वोच्चले यस्तो आदेश दिएको हो ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले सर्वोच्चबाट गत कार्तिक २० मा जारी अन्तरिम आदेशलाई नै निरन्तरता दिदै विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क नलिन भनेको हो ।
मेडिकल कलेजहरुको सिट संख्या पनि काठमाडौं विश्वविद्यालय ऐन, मेडिकल कलेज ऐन तथा नियमावली अनुसार हुने गरी सरकारको गत असोज १ को निर्णयलाई पालना गर्न पनि आदेशमा भनिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline