काठमाडौ १६ मंसिर ।
प्रथम राष्टिय महिला भलिबल क्लब च्याम्पियनसीप आजबाट सुरु हुदैछ । शेरबहादुर खड्का स्मृति प्रथिस्ठान बालकोटको आयोनामा हुन लागिएको प्रतियोगिता आगामी मंसिर १८ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब, न्यु डाइमन्ड एकेडेमी, पश्चिमान्चल भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल आर्मी र जाउलाखेल भलिबल प्रशिक्षणले प्रतिस्पर्धा गर्नेछ ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार, उपविजेता टोलीले ३५ हजार तथा तेस्रो हुने टीमले १५ हजार नगद हात पार्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज न्यु डाइमन्ड एकेडेमी र पश्चिमान्चल भलिबल संघबीच प्रतिस्पर्धा हुदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline