आहा रारा गोल्ड कप माघमा हुने

आहा रारा गोल्ड कप माघमा हुने

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १५ मङ्सिर ।

सहारा क्लब पोखराको आयोजनामा हुने १४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०७२ आगामी माघमा हुने भएको छ ।

पोखराको रङ्गशालामा हुने उक्त प्रतियोगिता माघ ५– १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ए डिभिजनमा रहेका क्लब, विदेशी टोली, पूर्वाञ्चल, पश्चिमाञ्चलका फुटबल क्लब र आयोजक गरी १२ टोलीको सहभागिता रहने आयोजक क्लबका महासचिव केशवराज बरालले बताउनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा युके, सहारा हङ्कङले सहयोग गर्नेछन् ।

प्रतियोगिताबाट बचत हुने पैसा आयोजकले सहारा एकेडेमीमा खर्च गदैआएको छ । एकेडेमीमा तेसो ब्याचमा १६ जिल्लाका २६ प्रशिक्षार्थी आश्रित छन् ।

उनीहरुलाई क्लबले निःशुल्क शिक्षा, स्वास्थ्यलगायत फुटबल खेलमा प्रशिक्षण दिँदै आइरहेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा १३ औँ संस्करणको उपाधि भने थ्रिस्टार क्लबले हात पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी