बलोन डि’ ओरका लागि मेस्सी, रोनाल्डो र नेइमार मनोनयन

बलोन डि’ ओरका लागि मेस्सी, रोनाल्डो र नेइमार मनोनयन

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १५ मंसिर । 

फिफा बालोन डी’ओर २०१५ का लागि क्रिष्टियानो रोनाल्डो, लियोन मेस्सी र नेइमार भिड्ने भएका छन ।

फुटबलको सर्बोच्च निकाय बालोन डी’ओर २०१५ का लागि मनोनयनमा परेका खेलाडीबाट तीन खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ ।

सूचीमा गत वर्षका विजेता रियल मड्रिडका रोनाल्डो, चार पटकका विजेता बार्सिलोनाका मेस्सी र बार्सिलोना कै नेइमार परेका छन् । आगामी सन् २०१६ को जनवरी ११ मा स्वीजरल्याण्डको ज्यरिचमा हुने समारोहमा विजेताको घोषणा गरिने छ ।

फिफाले हरेक वर्ष विश्व वर्ष खेलाडीलाई बालोन डी’ओर प्रदान गर्ने गरेको छ । रोनाल्डो तीन तथा मेस्सी चार पटक वर्ष खेलाडी घोषित भइसकेका छन् भने यस वर्ष नेइमारले बालोन डी’ओर जितेमा पछिल्लो सात वर्षदेखि रहँदै आएको रोनाल्डो–मेस्सीको क्रम भंग हुनेछ ।

बालोन डी’ओरको विजेता मनोनयनमा परेका खेलाडीका टिमका कप्तान तथा मुख्य प्रशिक्षकको मत तथा फ्रेन्च प्रकाशक फ्रान्स फुटबलले छनौट गरेका अन्तर्राष्ट्रिय खेल पत्रकारको मतबाट छनौट गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी