स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

  • सोमवार, मंसिर १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १४ मंसिर ।  

स्पेनिस ला लिगा अन्तरगत गएराति सम्पन्न खेलमा रियल मड्रिडद्धारा एइबर २–० पराजित भएको छ । ग्यारेथ बेलले ४३ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता लिाए ।

८२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भयो ।

जितपछि १३ खेलबाट २७ अंक जोडेको रियल अंक तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २९ अंक छ भने रियलसँग पराजित भएको एइबर २० अंकसहित आठौं स्थानमा छ ।

गएराति नै सम्पन्न अन्य खेलमा एथ्लेटिको बिल्बाओले रायो भालेकानोलाई ३–०, गेटाफेले भिल्लारियललाई २–०, तथा सेभिल्लाले भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी