स्पेनिस ला लिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १३ मंसिर ।  

स्पेनिस ला लिगा अन्तर्गत गएराति राति सम्पन्न खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बार्साले रियाल सोसीडाडलाई ४–० ले पराजित गर्यो ।

बार्साका लागि नेइमारले दुई गोल गरेका थिए भने लुईस सुवारेज र लियोनल मेस्सीले एक एक गोल गरेका छन् । ला लिगा अन्तर्गतकै अन्य खेलमा एथ्लेटिको मड्रिडले इस्पानियोललाई १–० ले पराजित गरेको छ भने लेभान्त रियाल बेटीसलेसँग १–० ले पराजित भएको छ ।

यस्तै सेल्टा भिगोले स्पोर्टीङ गियोनलाई २–१ ले तथा डेपोर्टीभो लाकोरुनाले लास पाल्मासलाई २–० ले हराएका छन् । मालागा र ग्रानाडाले २–२ को बराबरी खेलेका छन् ।

गएराति सम्पन्न खेल ला लिगामा १३ खेलबाट ३३ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने १२ खेलबाट २४ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी