मंसिर १३, २०७२ । जर्किनमा तेल बोकेर आउदै गरेका झापा केचनाका केही नेपालीलाई लखेट्दै हतियार बोकेर नेपाल भित्र छिरे पछि दुई एसएसबीका जवानलाई स्थानीय वासीले घेरा हालेर कुटपिट गरी प्रहरीलाई बुझाए पछि अन्य हतियार सहित नेपाल प्रवेश गरेको देखिएको छ ।
झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जना शसस्त्री प्रहरी क्याम्पमा राखिएका छन् ।
उनीहरुलाई छुटाउन अहिले एसएसबीका बिओपी आमबारी भारतका पोष्ट ईन्चार्ज नरेन्द्र कुमार सहितको प्रतिनिधि र नेपाली सुरक्षाकर्मीबीच बार्ता हुदै छ । वार्ता पछि प्रकृया पुर्याएर उनीहरुलाई छाडिने केचना प्रहरीलाई उदृत गर्दै मिर्मिरे सहकर्मी निर्मला तिमल्सिनाले जानकारी दिएकी छन् ।
एसएबीलाई नियन्त्रणमा लिईएको विषयमा गृहमन्त्रालयलाई समेत जानकारी दिईएको झापा जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
यस अघि सुनसरीमा नेपाल आएर अन्धाधुन्ध गोली हानी एसएसबीले ४ नेपालीलाई घाईते बनाएका थिए ।