किराँती कथानक एल्मब :बलिहाङुको विमोचन

किराँती कथानक एल्मब :बलिहाङुको विमोचन

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं । गीतकार डिके राईको किराँती कथानक गीति संग्रह ‘बलिहाङ’ विमोचन भएको छ । शनिबार राजधानीको अनानगरस्थित संवाद डबलीमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतीथि एवं किरात साँस्कृति सघंकी अध्यक्ष यसोधा राईले विमोचन गरेकी हुन् ।

किरात समूदायको कला–साहित्य तथा सँस्कृति समेटिएको उक्त गीति एल्बम ‘बलिहाङ’ले भारतमा मिलाइएको सिक्किम समूदायलाई एक ठाउँमा ल्याउने प्रयास गरेको गीतकार राईले व्यक्त गरेका छन् । कार्यक्रममा गीतकार जितेन्द्र राईले बलिहाङले इतिहास जोड्ने काम गरेको बताए । कलाकार चतुर्भक्त राईले एल्बमले सिक्किम र नेपालका कलाकारलाई एक ठाउँमा ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा कलाकारहरु जयकुम्भ राई, तीर्थ मुकारुङ, शान्तिराम राई, रोमबहादुर राई, शंकर साम्पाङ, गणेश राई, भीषण राई, हरिबहादुर राई, तिलक चेम्जोङ, मेनुका राई, कुमार थापा, शिला राई, महेन्द्रबहादु राई, दिलेन्द्र मुकारुङ, मनकुमार राई, जनकराज राई, नारदमणिलगायत वक्ताहरुले एल्बमको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व गायिका पार्वती राईले गरेकी थिइन् भने संचालन राजु एन राईले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी