काठमाडौं, मंसिर १२ ।
स्पेनिश लिग ला लिगा फुटबलमा आजराति दुई खेल हुँदै छन् । नेपाली समय अनुसार पौने ९ बजे हुने पहिलो खेलमा शीर्ष स्थानको बार्सिलोना र रियाल सोसिडाड भिड्दै छन ।
यस्तै राति ११ बजे हुने अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र ११औ स्थानमा रहेको स्पानियोल भिड्ने छन् । यसअघि हिजो भएको खेलमा लेभान्तेलाई उसकै मैदानमा हराउँदै रियाल बेटिस अंक तालिकाको ९औं स्थानमा उक्लिएको छ ।
लिगमा १२ खेलबाट ३० जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने समान खेलबाट २६ अंक रहेको एथ्लेटिको मड्रिड र २४ अंक बटुलेको रियाल मड्रिड तेस्रो स्थानमा छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline