पाकिस्तानसँगको तीन ट्वेन्टी–ट्वेन्टी श्रृँखला इंग्ल्याण्डको पक्षमा

पाकिस्तानसँगको तीन ट्वेन्टी–ट्वेन्टी श्रृँखला इंग्ल्याण्डको पक्षमा

  • शनिबार, मंसिर १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १२ मंसिर ।

पाकिस्तानसँगको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेटको श्रृँखला इंग्ल्याण्डले २ ० ले आफ्नो पक्षमा पारेको छ ।

गएराति सकिएको दोस्रो ट्वेन्टी–ट्वेन्टीमा तीन रनले जितेपछि श्रृँखला इंग्ल्याण्डको हातमा गएकोे हो ।

युएईको दुबईमा इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान एक सय ६९ रनमा अलआउट भयो ।

पाकिस्तानका लागि अहमद शहेजादले २८, शोएब मलिहकले २६, महोम्मद हाफिजले २५, कप्तान शहिद अफ्रिदीले २४, राफतुल्लाह मोहम्मदले २३ तथा सर्फराज अहमदले १९ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन ।

इंग्ल्याण्डका लिएम प्लंकटले तीन तथा क्रिस वोक्स र अदिल रसिदले समान दुई दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७२ रन मात्र बनाएको थियो । इंग्ल्याण्डका जेम्स विन्सले ३८, कप्तान जोस बटलरले ३३ तथा जेसन रोयले २९ रन बनाए ।

पाकिस्तानका शहिद अफ्रिदीले तीन तथा अनवर अलीले दुई विकेट लिए । अस्ति भएको पहिलो ट्वेन्टी–ट्वेन्टीमा म्याचमा इंग्ल्याण्ड १४ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी आगामी सोमबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी