रजतपटमा आउँदै प्रकाश

रजतपटमा आउँदै प्रकाश

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

धनगढी, १० मंसिर ।

नेपाली चलचित्रमा प्रवेश गर्नेहरूको संख्या वढिरहेका बेला सुदूरपश्चिम क्षेत्रबाट पनि नयाँ अनुहारहरू चलचित्रमा देखिन थालेका छन् । केही समयको पर्खाईपछि कैलालीका अत्तरिया नगरपालिका एक युवक पनि नयाँ चलचित्र ‘रन अन गन’ मार्फत नेपाली रजतपटमा आउन लागेका हुन ।

गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा निर्माण हुन थालेको बहुप्रतिष्ठिीत चलचित्र ‘रन अन गन’ मार्फत नव नायकका रुपमा अत्तरिया–१३ का २७ वर्षीय प्रकाशजंग शाह नेपाली चलचित्रको पर्दामा देखिन लागेका हुन् ।

यस अघि १ सय जति छोटा तथा लघु चलचित्रमा काम गरिसकेका शाह ठूलो पर्दामा पहिलो पटक देखिन लागेका छन् । ओस्कर कलेज अफ फिल्म स्टडिजबाट स्नातक गरेका शाह लामो समयको मिहिनत र परिश्रमपछि चलचित्रको पर्दामा आउन लागेका हुन ।

देशका विभिन्न भागहरूसँगै युरोपका विभिन्न देशमा अधिकांश छायाँकन हुने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्ने छन् । यस अघि केही गीतहरुका म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका शाह एक वर्षदेखि सोही चलचित्रको तयारीमा जुटेका छन् ।

आगामी महिनामा छांयाकन सुरु हुने चलचित्र आफ्नो करियरको टर्निङ प्वाईन्ट हुने शाहले बताए । मार्सल आर्टसको जितकुण्डोमा ब्ल्याक बेल्ट गरेका उनले ६ वर्षदेखि नृत्य समेत सिकिरहेका छन् । अत्तरियाको रविन कला केन्द्रमा नृत्यसँगै सडक नाटक गर्दा गर्दै रंगीन दुनियाको सपना देखेका शाहले पहिलो चलचित्र सफल हुने विश्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी