क्रिकेट कप्तान राजुलाई खेलसामग्री सहयोग

क्रिकेट कप्तान राजुलाई खेलसामग्री सहयोग

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

धनगढी, १० मङ्सिर ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान राजु रिजाललाई धनगढीस्थित जिके स्पोर्टस् हाउसले आवश्यक सम्पूर्ण खेलसामग्री प्रदान गरेको छ ।

खेल समग्रीको सहयोगसँगै कप्तान राजुले आउँदो जनवरीमा बङ्गलादेशमा हुन लागेको यु–१९ विश्वकप जिके स्पोर्टस्को लोगोअङ्कित ब्याटबाट खेल्ने भएका छन् ।

स्पोर्टस् हाउसले वार्षिक रुपमा उहाँलाई यस्तो सहयोग उपलब्ध गराउने बताइएको छ ।

यु–१९ विश्वकप क्रिकेटको बन्द प्रशिक्षणका लागि काठमाडाँै जानुअघि बुधबार जिके स्पोर्टस्ले कप्तान राजुलाई उक्त सहयोग गरेको हो ।

कार्यक्रममा कप्तान राजुले आफूहरुले नियमित प्रशिक्षण जारी राखेकाले नेपाली क्रिकेट समर्थकलाई विश्वकपमा निराश नतुल्याउने प्रतिक्रिया दिनुभयो ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले हाउसले पु¥याएको सहयोगले क्रिकेटको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

धनगढी निवासी कप्तान राजुसहितका खेलाडीको तीन दिनअघि मात्रै एक समारोहका बीच बिदाइ गरिएको थियो ।

नेपाललाई विश्वकपसम्म पु¥याउन कप्तान राजुको भूमिका महत्वपूर्ण रहेको थियो ।

विश्वकप ‘क्वालिफाई’मा राजुले नेपालका तर्फबाट शतक प्रहार गरेर नेपाली टिमलाई च्याम्पियन बनाउन सफल हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी