काठमाडौं, १० मंसिर ।
नेकपा माओवादीले भण्टावारी गोलीकाण्डप्रति भारतले आत्माआलोचना गर्दै माफि माग्नुपर्ने बताएको छ ।
विप्लव माओवादीले आज एक विज्ञप्ती जारी गर्दै भारतीय एसएसबीले नेपाली नागरिकमाथि ताकेर गोली चलाएकोे भन्दै त्यसको घोर र्भत्सना गरेको छ ।
माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ , “ भरतीय शासकहरुले गरेको यो गोलीकाण्डको हाम्रो पार्टी घोर भत्सना गर्दछ,यो घटनाको जिम्मा लिएर आत्मआलोचित हुदै क्षमा माग्नुको सट्टा दिउसै रात पार्ने गरि भारतीय राजदूतले तस्करमाथि गोली चलाएको भन्ने वक्तव्यले श्वाभिमानी नेपालीलाई आक्रोसित तुल्याउको छ ।”
नेकपा माओवादीले भारतले उक्त घटनाको जिम्मा लिई त्यसप्रति पश्चाताप गर्दै सार्वजनीकरुपमा माफि माग्न र आगामि दिनमा त्यस्ता घटना नघटाउने सार्वजनीक प्रतिवद्धता गर्नुपर्ने बताएको छ ।
घटनामा घाइते भएका चारैजना अशोक यादव, सरोज यादव,मनोज यादव र नरेश यादवको स्वास्थ्य उपचारको व्वस्था गर्न समेत माग गरेको छ । साथै घटनाबारे अन्तराष्ट्रिय समुदायको समेत ध्यान आकर्षण गरेको छ ।
