काठमाडौं, १० मंसिर ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समुह बी अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड पिएसभी एन्धोवेनसँग गोलरहित बराबरीमा रोकिएको छ ।
बराबरीपछि पाँच खेलबाट ९ अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ । पाँच खेलबाट सात अंक जोडेको पिएसभी तेस्रो स्थानमा पुगेको छ ।
समुह बी अन्तर्गतकै खेलमा उल्फबर्गले सिएसकेए मस्कोलाई २–० ले पाखा लगाएकोे छ ।
उल्फबर्गको जितमा दुवै गोल आन्द्रे सोलरले गरेका थिए । जितपति पाँच खेलबाट ९ अंक जोडेको उल्फबर्ग समुहको शीर्ष स्थानमा उक्लिएको छ ।
पाँच खेलबाट चार अंक जोडेको सिएसकेए समुहको पुछारमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
