भारतद्धारा नेपालीमाथि गोली हानेको हाईन भनी झुटो बक्तव्य जारी

भारतद्धारा नेपालीमाथि गोली हानेको हाईन भनी झुटो बक्तव्य जारी

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं,९ मंसिर । सुनसरीको भण्टाबारीमा भारतीय सीमा सुरक्षा बलको गोली लागि घाइते भएका चारजना नेपाली नभएको भारतीय दूतावासले दाबी गरेको छ ।

आज अपरान्न एक वक्तव्य जारी गर्दै भारतीय दुताबासले नेपाली भूभागमा एसएसबीले गोली प्रहार नगरेको दाबी गरेको छ । चार नेपाली घाइते भएको सन्दर्भमा तथ्य तोडमोड गरी स्थिति आफ्नो पक्षमा पार्नेगरी दुताबासले वक्तव्य जारी गरेको छ ।

भारतीय दुतावासले निकालेको यो वक्तव्य झुटो भएको सुरक्षा स्रोतले जनाएको छ । भारतीय प्रहरीले गोली हाने पछि नेपाली अधिकारीहरुलाई नेपालीलाई गोली हानेको संकेत दिएको समेत स्रोतको दावी । नेपालको सार्वभौम सत्तालाई चूनौती दिने गरी भएको यस घटनाको सर्बत्र निन्दा गरिएको छ ।

भारतीय सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर हरिपुर ७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेस यादव घाइते भएका थिए। दूतावासले एक पटक मात्र हवाइ फायर गरेको उल्लेख गरेको छ।

घटनाका पीडितले आफूहरु निर्दाेष भएको बताउँदै तस्कर खोज्दै आएका भारतीय सुरक्षाकर्मीले आगो तापिरहेको अवस्थामा गोली प्रहार गरेको बताएका छन । काठमाडौंबाट भारतीय दूतावासले जारी गरेको वक्तव्यमा घटना भारतीय भूभागमा भएको दाबी गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी