बिडिसिए क्रिकेट कपको उपाधि त्रिलोचनलाई

बिडिसिए क्रिकेट कपको उपाधि त्रिलोचनलाई

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बैतडी , ९ मङ्सिर  ।

सातौ राष्ट्रिय खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधी त्रितोचन क्रिकेट क्लबले कब्जा गरेको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा भएको बिडिसिए कपको १५ औं संस्करणको सम्पन्न फाइनल खेलमा एनआरवाइसी बट्ठालाई ६ विकेटले पराजित गर्दै लगातार दोश्रो पटक त्रिलोचनले उपाधि जितेको हो ।

निङ्गलासैनी खेल मैदान देहिमाण्डौं मंगलवार टस जितेर पहिला ब्याटिङ गरेको एनआरवाइसी ले १९.१ ओभरमा १० विकेटको क्षतीमा १२८ रन बनाएको थियो ।

१२९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको त्रिलोचनले १६.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

त्रिलोचन उपाधि जितेसंगै ट्रफि र २० हजार नगद प्राप्त गरेको क्रिकेटका राष्ट्रिय स्कोरर निरन्जन बोहराले जानकारी दिऐ ।

यस्तै उपविजेता एनआरवाइसी बट्ठाले ट्रफी र नगद १० हजार प्राप्त गरेको छ । प्रतियोगितामा ७३ रन बनाउने त्रिलोचनका लोकेश चन्द म्यान अफ द फाइनल घोषित भए ।

खेल अवधिभर १८२ रन जोडेनुका साथै ४ विकेट हात पार्ने त्रिलोचनकै बसन्त खत्री म्यान अफ द सिरिज घोषणा भएका थिए ।

विजेता तथा उपविजेताहरुलाई एक कार्यक्रमकाबीच ट्रफी र नगद पुरुस्कार वितरण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी