चेल्सी समुह जी को शीर्ष स्थानमा उक्लियो

चेल्सी समुह जी को शीर्ष स्थानमा उक्लियो

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ ९ मंसिर । 

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलसँगै चेल्सी समुह जी को शीर्ष स्थानमा उक्लिएको छ ।

१० खेलाडीमा सीमित माकाबी टेल अविवलाई ४–० ले पराजित गरेको चेल्सी पाँच खेलबाट १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको २० औं मिनेटमा ग्यारी काहिलको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । ७३ औं मिनेटमा विलियनले अग्रता दोब्बर पारे ।

त्यसको चार मिनेटपछि ओस्कारले गोल गरेपछि चेल्सीको अग्रता ३–० मा पुग्यो । ९० औं मिनेटमा कुर्ट जोउमाले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए । समुह जी अन्तर्गतकै अर्को खेलमा डाइनामो किएभसँग एफसी पोर्टो २–० ले पराजित भएको छ ।

पाँच खेलबाट १० अंक जोडेको पोर्टो दोस्रो तथा डाइनामो किएभ ८ अंकसहित तेस्रो स्थानमा छ । चेल्सीसँग पराजित भएको टेल अविवले अंक जोड्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी