अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितामा आज ४ खेल हुदै

अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितामा आज ४ खेल हुदै

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,८ मंसिर ।

नवलपरासीमा जारी ३४ औ अन्तर्रा्ष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत आज चारवटा खेल हुँदै छन ।

पहिलो खेलमा इङ्ल्याण्ड र श्रीलङ्का भिड्ने छन् । त्यसैगरी दोस्रो खेलमा अमेरिका र स्विड्जरल्याण्ड भिड्ने छन् भने तेस्रो खेलमा अरविया र नेपालको थारु लज टाइगर भिड्ने भएका छन ।

चौथो खेलमा टाइगर टप्स टस्कर र पक्क चक्क अस्ट्रेलियाबीच खेल हुने व्यवस्थापक डिबी चौधरीले जानकारी दिएका छन ।

यसअघि हिजो भएका खेलमा नेपालसहित चार देश विजयी भएका थिउ । टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् । पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो ।

टाइगर टप्स होटलको आयोजनामा बर्से्नि हुने प्रतियोगिता यस वर्ष नवलपरासीको कावासोती– १५ अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी छ ।

यो खेल नेपालमा मात्र हुने अन्तर्रा्ष्ट्रियस्तरको खेल हो । प्रतियोगिता यही मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी