काठमाडौ ८ मंसिर ।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा सन्डरल्याण्डद्धारा घरेलु टोली क्रिष्टल प्यालेस १–० ले पराजित भएको छ ।
खेलमा सन्डरल्याण्डका लागि जेमाइन डेफोले ८० औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो । जितसँगै सन्डरल्याण्डले रेलिगेशन क्षेत्रको दबाबलाई केही कम गरेको छ ।
१३ खेलबाट ९ अंक जोडेको सन्डरल्याण्ड अंक तालिकाको १८ औं स्थानमा उक्लिएको छ । १३ खेलबाट २८ अंक जोडेको लेष्टर सिटी तालिकाको शीर्ष स्थानमै रहेको छ ।
समान खेलबाट २७ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने तेस्रो र चौथो स्थानका म्यानचेस्टर सिटी र आर्सनलको २६–२६ अंक रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline