सुनसरी, ७ मंसिर ।
२०६१ सालमा सुरुवात भएको डिपो कप आगामी मंसिर ११ गते १२ औ ललित अम्बर डिपो कप २०७२ संस्करणको रुपमा मंसिर २० गते सम्म सञ्चालन हुने भएको छ । आयोजक डिपो उच्च मा बि धरानले हिजो एक पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारि गराएको हो ।
सम्मेलनमा बिद्यायलयका प्रचार्य राज कुमार राईले बिद्यायलमा रहेकय कक्ष ५ सम्मका बालबालिकाहरु भित्र लुकेर रहेको असिमित प्रतिभा लोक प्रिय खेल फुटबलद्धारा प्रस्फुटन गर्न,जिल्ला भित्र रहेका निजि बिद्यायलसंग सदभाव कायम गर्न,सानैबालबालिकाहरुलाई भोलीको खेलाडीको रुपमा तयार पर्न,तथा धरानबाट नै राष्टिय तथा अन्र्तराष्टिय स्थरमा खेलाडीको पहुच पुयाउने उदेश्यले पनि सो कप खेलाउन लागेकये बताउनुभयो ।
सम्मेलनमा उहाले खेलका लागी १६ बटा बिद्यालयहरुको सहभागीता गर्नै गरि आयोजना गरेपनि अन्ती समयसम्म आउने टीहरुले नै खेलमा सहभागीता जनाउन सकिने बताउनुभयो ।
खेलमा डिपो कप बिजेताले नगद ७ हजार ,रनिङ्ग सिल्ड,मेडल तथा प्रमाण्पत्र दोश्रो हुनेले नगद ५ हजार, रनिङ्ग सिल्ड,मेडल तथा प्रमाण्पत्र,तेश्रोले ३ हजार ,रनिङ्ग सिल्ड,मेडल तथा प्रमाण्पत्र, तथा प्लेट च्यामपियन लाई ३ हजार तथा प्लेट रनर अप लाई पनि नगद २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेल डिपो उच्च माबिको खेल मैदानमा हुनेछ ।