नवलपरासीमा अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता सुरु

नवलपरासीमा अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता सुरु

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ,७ मंसिर ।

नवलपरासीमा पहिलो पटक ३४औँ अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता – २०१५ सुरु भएको छ । यो खेल नेपालमा मात्र हुने अन्तराष्ट्रिय खेल हो ।

सन् १९८२ देखि चितवनको मेघौलीमा सुरु भएको यो खेल पहिलो पटक नवलपरासीको पर्यटकीय गाउँ थारु होमस्टे नजिकै भएको हो ।

प्रतियोगितामा अमेरिका,श्रीलङ्का, अस्ट्रेलिया, स्विट्जरल्याड, बेलायत, नेपालका गरी आठवटा समूहका खेलाडी सहभागी छन् । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्छन् ।

पाँच दिनसम्म चल्ने यो खेल हेर्नका लागि विदेशी तथा स्वदेशी पाहुनाहरु अमटारी थारु होमस्टेमा आएका छन् । यो खेलका लागि घरेलु समूहमा टाइगर टप्स नेपाल र थारु टाइगर्स रहेको छ ।

गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा भएको यो खेल यस वर्ष यहाँ आयोजना गरिएको हो । टाइगर टप्स होटलको आयोजनामा बर्सेनि खेल हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी