हस्तलिखित राहदानी आजसम्म मात्रै चल्ने, भोलीबाट लाइभ इनरोलमेन्ट प्रणाली लागु हुने

हस्तलिखित राहदानी आजसम्म मात्रै चल्ने, भोलीबाट लाइभ इनरोलमेन्ट प्रणाली लागु हुने

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, ७ मंसिर ।

हस्तलिखित राहदानी आमात्रै चल्ने भएको छ । सरकारले आजदेखि नै राहदानी प्रत्यक्ष दर्ता अर्थात लाइभ इनरोलमेन्ट प्रणाली लागु गर्ने जनाएको छ ।

अबदेखि भ्याद र भिसा भएका हस्तलिखित राहदानी पनि नचल्ने भएकाले तत्काल मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन राहदानी विभागले सबैसँग आग्रह गरेको छ ।

आज मध्येरातदेखि बाध्यकारी रुपमा विश्वभर हस्तलिखित राहदानी नचल्ने भएपनि कतिपय देशले ६ महिना अघिदेखि नै हस्तलिखित राहदानी भएकालाई भिसा नदिएर एमआरपी भएकालाई मात्र दिँदै आएका छन् ।

हस्तलिखित राहदानी बोकेर नयाँ ठाउँमा जान नपाएपनि तत्कालका लागि फर्किन भने समस्या नहुने राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिनुभयो । भिसा हस्तलिखित पासपोर्टमा लागेको छ र नयाँ एमआरपी बनेको छ भने दुवै राहदानी बोकेर हिँड्न विभागले आग्रह गरेको छ ।

सरकाले पाँच वर्षअघि एमआरपी सुरु गरेको थियो । पाँच वर्षको अवधिमा झण्डै ३८ लाख एमआरपी बनेको सरकारी तथ्यांक छ । द्रुत र सामान्य गरी दुई खालको समय लागएर एमआरपी बनाइने गरेको छ । यसअघि १० दिन लाग्ने द्रुत सेवा अन्तर्गतको एमआरपी अब पाँच दिनमा नै तयार हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी