रियल मड्रिडलाई हराउदै बार्सिलोना ४–० ले विजयी

रियल मड्रिडलाई हराउदै बार्सिलोना ४–० ले विजयी

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ६ मंसिर ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना विजयी भएको छ ।

बार्सिलोनालो चिरप्रतिद्धन्द्धी रियल मड्रिडलाई उसकै शनिबार राति घरेलु मैदान बर्नव्यउमा ४–० ले हरायो ।

बार्सिलोनालाई सानदार जित दिलाउन लुइस स्वारेजले दुई तथा नेइमार र आन्द्रे इनिएस्टाले एक एक गोल गरे । ११ औं मिनेटमा स्वारेजले पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

३९ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा इनिएस्टाले गोल गरेपछि रियल मड्रिड ३–० ले पछि र्पयो ।

७४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए । जित पछि शीर्ष स्थानको बार्सिलोनालो रियल मड्रिडसँगको अंक दूरी ६ मा र्पुयाएको छ ।

बार्सिलोनाको १२ खेलबाट ३० तथा दोस्रो स्थानको रियल मड्रिडको १२ खेलबाट २४ अंक छ । शनिबार रातिको खेलमा सुरुमा बेन्चमा रहेको मेस्सी ५७ औं मिनेटपछि खेलेका थिए ।

५५ औं मिनेटमा इस्को रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित भएको थियो । शनिबार राति नै अरु खेलमा रियल सोसिडाड, डिप्रोटिभो डी ला कोरुना र इस्पानियोल विजयी भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी