तेक्वान्दो च्याम्पियनसिपका लागि पाँच खेलाडी छनोट ।

तेक्वान्दो च्याम्पियनसिपका लागि पाँच खेलाडी छनोट ।

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ, ५ मंसिर ।

एघारौँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका लागि नेपालबाट पाँच खेलाडी छनोट भएका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आज भएको प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका तीन पुरुष र दुई महिला खेलाडीले आगामी २०१६ को अक्टोबरमा अमेरिकाको पोर्टल्यान्डमा हुने सो प्रतियोगितामा सहभागिता जनाउने छन् ।

मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपालद्वारा संयुक्त आयोजित छनोटमा पुरुष ८० केजीमुनि रोजिन सिंह, ७८ केजीमुनि प्रेमबहादुर नेपाली तथा ५८ केजीमुनि माधव तिमिल्सिनाले अमेरिकामा हुने प्रतियोगितामा छनोट हुन सफल भए ।
त्यस्तै महिलाको ४९ केजीमा पार्वती मगर र ५७ केजीमा रञ्जना थापा छनौट भएका थिए ।

पुरुषमा माधव र महिलामा रञ्जना उत्कृष्ट खेलाडी चुनिँदै समान रु १५÷१५ हजार नगदबाट पुरस्कृत भए । उत्कृष्ट प्रशिक्षक घोषित भएका बाबुराजा व्यञ्जनकारले रु १० हजार नगद पुरस्कार प्राप्त गरे ।
छनोटको प्रत्येक तौल समूहमा उपविजेता बनेका रोशन, अशोक, राजेश, निशा र सोनीले समान रु १०÷१० हजार नगद पुरस्कार प्राप्त गरे ।

युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललगायतले विजेतालाई पुरस्कार वितरण गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी