काठमाडौं, मंसिर ५ ।
इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज आठ खेल हुँदै छन । नेपाली समय अनुसार साझ साढे ६ बजे म्यानचेष्टर युनाइटेड वार्टफोर्डसँग भिड्दै छ ।
यस्तै राति पौने ९ बजे चेल्सीले नर्विच सिटीसँग, एभर्टनले एस्टन भिल्लासँग, न्युकासल युनाइटेडले लेष्टर सिटीसँग, साउथ ह्याम्पटनले स्टोक सिटीसँग प्रतिस्पर्धा गर्ने छन ।
यस्तै, स्वान्सी सिटी र ए.एफ.सी बोर्नमाउथ तथा आर्सनल र वेष्ट ब्रोमविच आल्बियन पनि आमने सामने हुँदै छन् । प्रिमियर लिग फुटबलअन्तर्गत साताको बहुप्रतिक्षित भिडन्तमा म्यानचेष्टर सिटीले लिभरपुलको सामना गर्दै छ।
खेल नेपाली समय अनुसार राति सवा ११ बजे सिटीको मैदानमा हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline