काठमाडौ, ५ मंसिर ।
इन्धन सम्झौता गर्न सरकारी टोली आज चीन जाने भएको छ ।
हिजो चीन जाने भनिएको टोली आज जान लागेको हो । आपूर्ति मन्त्री गणेशमान पुनले आज टोली जाने बताउनुभयो ।टोली दिउँसो २ बजेतिर चीन प्रस्थान गर्ने कार्यक्रम छ ।
आज र भोलि चीनमा सार्वजनिक विदा भएकाले टोली भोलि पुग्ने गरी आज मात्रै जान लागेको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा ७ सदस्यीय टोली शनिबार बेइजिङ जाने भएको हो।
टोलीमा वाणिज्य मन्त्रालयसहित कानुन मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, आयल निगम, वाणिज्य विभाग, नापतौल विभागका प्रतिनिधि रहनेछन् ।
भ्रमणका क्रममा नेपाल आयल निगम र चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (पेट्रो चाइना)सँग इन्धन खरिद सम्बन्धी व्यापारिक सम्झौता हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline