रुकुम, ३ असोज ।
रुकुमको चौरजहारी नगरपालिकामा आज देखि खुल्ला खेलकुद प्रतियोगीता सुरुभएको छ ।
हरिवोधनी एकादशी शंखपीपल मेलाको अवसरमा विविध खुल्ला प्रतियोगीता संचालन गरीएको हो । स्थानिय चौरजहारी भ्याली कल्वको आयोजना र द चौरजहारी होटेलको प्रायोजनमा चौरजहारी नगरपालिका ३ सेवाकेन्द्रमा खेलकुद प्रतियोगीता संचालन गरीएको छ ।
मेलाको अवसरमा खुल्ला पुरुष फुटवल ,खुल्ला पुरुष तथा महिला भलिवल व्याटमिन्टन र नाचगान प्रतियोगीता गरीने वताईएको छ । फुटवल तर्फ ३ हजार ,पुरुष भलिवल २हजार महिला भलिवल १ हजार र व्याटमिन्टनमा ५ सय दर्ता शुल्क कायम गरीएको छ ।
फुटवलमा प्रथम स्थान हासील गर्ने समुह लाई नगद ४५ हजार मेडल प्रमाण पत्र दितिय समुह लाई ४५ हजार नगद मेडल प्रमाण पत्र र तृतीय समुह लाई १० हजार नगद रासी मेडल र प्रमाण पत्र प्रदान गरीने कार्यक्रममा संयोजक वालकृष्ण वुढाथोकीले जानकारी दिनुभयो ।
भलिवल तर्फको पुरुष्कार कति दिने भन्ने विषयमा पछाडी छलफल गर्ने वताएको छ । व्याटमिन्टनमा भने प्रथम स्थान हासील गर्ने समुह लाई ८ हजार दितिय लाई ५ हजार र तृतिय लाई ३ हजार नगद प्रदान गरीने भएको छ । सांस्कृतिक नाचगान प्रतियोगीता आगामी ७ गते मेलाकै दिनमा संचालन गरीने वताईएको छ ।