फिफाद्धारा ब्लाटर र प्लाटिनीको अपिल खारेज

फिफाद्धारा ब्लाटर र प्लाटिनीको अपिल खारेज

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ३ मंसिर ।  

फुटबलको सर्बोच्च निकाय फिफाले निलम्बित अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीको अपिल खारेज गरेको छ । आफूहरुमाथि लागेको ९० दिनको निलम्बन विरुद्ध ब्लाटर र प्लाटिनीले फिफामा अपिल गरेका थिए ।

फिफाको विशेष कमिटिले ब्लाटर र प्लाटिनीको अपिल खारेज गरेको हो । फिफाले भ्रष्टाचार आरोपमा छानबिनका लागि भन्दै गत अक्टोबरमा ब्लाटर र प्लाटिनीलाई ९० दिनका लागि निलम्बन गरेको थियो ।

तर दुवै जनाले आफूहरुमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । ब्लाटर र प्लाटिनीसँगै महासचिव जेरोमी वाल्केलाई पनि फिफाले निलम्बित गरेको थियो ।

यस्तै फिफाको विशेष कमिटिले फिफाका पूर्व उपाध्यक्ष चुङ मोङलाई ६ वर्षको प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ । प्लाटिनी र चुङ आगामी फेब्रुवरीमा नयाँ अध्यक्ष चयनका लागि हुने निर्वाचनका उम्मेदवार हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी