मंसिर २, २०७२- चीनले अनुदानमा दिएको सबै पेट्रोलियम पदार्थ बुधबार साँझसम्ममा केरुङ नाका हुँदै नेपाल भित्रिएको छ । बुधबार नेपाल आयल निगमले ३५ वटा ट्यांकरबाट ३ लाख २२ हजार लिटर पेट्रोल सीमा टिमुरेमा ल्याएको छ ।
भन्सार जाँचपास गरी तिर्नुपर्ने बाँकी ५ लाख ४५ हजार रकमसमेत दिइसकेको रसुवा भन्सार कार्यालय प्रमुख केदार पनेरुले बताए ।
‘पहिला ३ करोड ६४ लाख रुपैया राजश्व बुझाएकोमा बाँकी ५ लाख ४५ हजार रुपैयाँ निगमले बुझायो,’ भन्सार प्रमुख पनेरुले भने । चीनले अनुदानमा एक हजार मेट्रिकटन पेट्रोलियम पदार्थ दिने घोषणा बमोजिम निगमले ती ट्यांकर चीनको केरुङ भन्दा ४ किलोमिटर माथि पुगेर इन्धन भरी नेपाल आएका थिए ।
बिहीबारसम्ममा सबै पेट्रोलियम पदार्थ काठमाडौस्थित थानकोट डिपोमा जम्मा गरी सक्ने निगमले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline