अत्यावश्यकीय औषधी तत्काल आपूर्तिमा सहयोग गरिदिन डब्लुएचओलाई सरकारको आग्रह

अत्यावश्यकीय औषधी तत्काल आपूर्तिमा सहयोग गरिदिन डब्लुएचओलाई सरकारको आग्रह

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २ मंसिर ।
भारतीय नाकाबन्दीका कारण मुलुकमा अत्यावश्यकीय औषधीको अभाव हुन थालेपछि सरकारले तत्काल औषधी आपूर्तिको व्यवस्था मिलाइ दिन बिश्व स्वास्थ्य संगठन डब्लुएचओलाई आग्रह गरेको छ ।

मुलुकका ठुला अस्पतालमा औषधी अभावमा शल्यक्रिया समेत कटौती गर्नुपर्ने अवस्था आएपछि सरकारले डब्लुएचओलाई गुहारेको हो ।

सरकारले खरीद गर्दा प्रक्रिया र्पुयाउन समय लाग्ने भएपछि स्टक समेत सकिएका ८ प्रकारका औषधी जतिसक्दो छिटो ल्याउने व्यवस्था मिलाउन डब्लुएचओलाई पत्राचार गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि बालबालिकामा लगाइने अत्यावश्कीय खोपको अभाव हुँदा पनि सरकारले युनिसेफ मार्फत खरिद गर्न लगाएको थियो । सार्वजनिक खरिद ऐन अन्र्तगत सरकारी प्रंक्रिया पुरा गर्न समय लाग्ने भएकाले अत्यावश्कीय औषधी खरिद गर्दा सरकारले दातृ निकायलाई गुहार्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ