उत्यकामा अशक्त र बिरामीका लागि निःशुल्क बस संचालनको तयारी

उत्यकामा अशक्त र बिरामीका लागि निःशुल्क बस संचालनको तयारी

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २ मंसिर ।  सरकारले काठमाडौं उपत्यकामा बिरामी र अशक्तलाई लक्षित गरी निःशुल्क बस संचालन गर्ने तयारी गरेको छ ।
इन्धन अभावका कारण सार्वजनिक गाडी कम चल्दा यात्रुलाई कठिनाइ भएको भन्दै सरकारले अस्पताल आसपास निःशुल्क गाडी चलाउने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

त्यसका लागि आज सचिवस्तरिय छलफल हुदैछ । उत्यकामा रहेको गंगालाल अस्पताल बाँसबारी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल रत्नपार्क, निजामति अस्पताल बानेश्वर, पाटन अस्पताल लगनखेल र भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका बिरामीलाई सहज हुनेगरी उक्त रुटमा निःशुल्क गाडी चलाउने तयारी भइरहेको पौडेलको भनाई छ ।

यसअघि तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सरकारले विभिन्न रुटमा १२ वटा निःशुल्क बस चलाएको थियो । यस्तै इन्धन अभाव भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका निकायले पनि विभिन्न रुटमा निःशुल्क गाडी चलाइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ