भारतीय नाकाबन्दी विरुद्ध एनआरएन अमेरिकाद्धारा प्रदर्शन

भारतीय नाकाबन्दी विरुद्ध एनआरएन अमेरिकाद्धारा प्रदर्शन

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ २ मंसिर । 

भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिकाले संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय समय अनुसार मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो संख्यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए ।

दुई महिनाभन्दा लामो नाकाबन्दी कारण नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव भइसकेको अवस्थामा समेत भारतीय पक्षबाट नाकाबन्दी खोल्ने कुनै चासो नदेखाएको भन्दै राष्ट्र सङ्घको ध्यानाकर्षण गराउन तथा नाकाबन्दी खोल्ने वातावरण बनाउन विरोध प्रदर्शन गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताउनुभयो ।

नाकाबन्दीको विरोध गर्दै नेपाल अमेरिका पत्रकार संघ नेजाले प्रेसविज्ञप्ति जारी गर्दै समाजिक सन्जालबाट समेत विरोध जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ