सुर्य उपासनाको पर्व छठ उदाउदो सुर्यलाई अर्घ दिएर सम्पन्न

सुर्य उपासनाको पर्व छठ उदाउदो सुर्यलाई अर्घ दिएर सम्पन्न

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौ २ मंसिर ।  सुर्य उपासनाको पर्व छठ आज बिहान उदाउदो सुर्यलाई अर्घ दिएर सम्पन्न गरिएको छ ।

काठमाडौं उपत्यकासहित मध्य तराईका जिल्लामा विशेष महत्वका साथ चार दिनसम्म मनाईने छठ पर्व मिथिलाञ्चलगायत देशका विभिन्न भागमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न गरिएको हो ।

राजधानीका रानी पोखरी, कमल पोखरी, गौरीघाट लगायत जनकपुरको गंगा सागर, धनुष सागर, वीरगन्जको घडीअर्वा पोखरी, रानीघाट खोला, सप्तरीको कोशी ब्यारेज, भारदह, छिन्नमस्ता लगायतका स्थानमा हजारौं भक्तजनले बिहान उदाउदो सूर्यलाई अर्घ दिएका थिए ।

विशेष गरी मिथिलाञ्चल क्षेत्रका महिलाले मनाउने गरेको छठ पर्व पछिल्लो समय अन्य समुदायले मनाउने गरेका छन् । छठ पर्वमा ब्रत बस्नाले सन्तान प्राप्ति हुने, श्रीवृद्धि हुने, चर्म रोग निको हुने र हरेक प्रकारका दुःख निवारण हुने जनविश्वास रही आएको छ ।

आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको उपासना र पूजाको पर्व छठ गत आइतबारदेखि शुरु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ