नेपालले पपुवान्युगिनी विरुद्ध दोस्रो खेल खेल्दै

नेपालले पपुवान्युगिनी विरुद्ध दोस्रो खेल खेल्दै

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २ मंसिर । 

आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपको दोस्रो चरण अन्तरगत अन्तिम खेलमा आज नेपालले पुनः पपुवा न्यगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान साँव ११ बजे अवुधावीमा हुनेछ ।

नेपालका लागि निकै अर्थपूर्ण मानिएको पुपवा न्युगिनी विरुद्धको पहिलो खेलमा हार बेहोरेपछि दवावमा परेको नेपाल दोस्रो खेलमा जित हार पार्दै अघिल्लो चरणमा पुग्ने दाउका साथ मैदान उत्रिदैछ ।

८ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल अंकबिहिन रहँदै तालिकाको पुच्छारमा रहेको छ । प्रतियोगितामा नेपाल बाहेकका सबै टीमले जीत आत्मासात गरिसक्दा नेपाल पहिलो जीतका लागि आजको खेल जीत्नैपर्ने दवावमा छ ।

सोमबार सम्पन्न खेलमा नेपाल पपुवा न्युगिनी विरुद्ध २ विकेटले पराजित भएको थियो । राम्रो ब्याटिङका बाबजुत बलिङमा भएको गल्तीका कारण सोमबार पराजित नेपाल आफ्नो ब्याटिङलाई थप मजबुत बनाउदै बलिङमा सुधारिएको प्रदर्शनको पर्खाइमा रहेको छ ।

प्रतियोगिता अन्तरगत पहिलो चरणको खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो । प्रतियोगितामा अन्य टीममा केन्या, नेदरल्यान्ड, स्कटल्यान्ड, हङकङ, युएई र नामिबिया रहेका छन् । शिर्ष ६ टोली सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटमा सहभागी हुन पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी