विराटनगरमा  भारी वर्षा

विराटनगरमा  भारी वर्षा

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

विराटनगर, १ मङ्सिर । विराटनगरमा आज साँझ मुसलधारे वर्षाका कारण छठ पर्व मनाउनेहरुलाई निक्कै सास्तीको सामना गर्नुप¥यो ।
भगवान् सूर्यदेवलाई अर्घ दिएपछि घर फर्कने समयमा डेढ घन्टासम्म वर्षासँगै तेज हावासमेत चल्नाले सर्वसाधारणसहित पर्व मनाउनेहरुलाई निक्कै सास्तीको सामना गर्नु परेको हो । विराटनगरको ट्राफिकचौकदेखि हिमालयरोडमा दुई फिटभन्दा बढी वर्षाको पानी बगिरहेको देखिन्थ्यो । नगरका प्रायः प्रत्येक सडकबाट पानी बगिरहेको अवस्था छ । बालबालिकादेखि वृद्धवृद्धासम्म पानीमा भिज्दै घरतर्फ हिँडिरहेका देखिन्थे ।

अप्रत्याशित रुपमा भएको वर्षाले गर्दा किसानलाई समेत नोक्सानी भएको छ । खेतमा धानबाली पाकिसकेको अवस्थामा किसान घर भित्र्याउने समयमै वर्षा भएकाले धानबाली काट्न र तयार गर्नमा थप समय लाग्ने देखिन्छ । वर्षाका कारण मलिलो माटोमा गहुँका लागि खेत तयार गर्न नसकिने भएकाले वर्षाले गर्दा नोक्सानी नै भएको कृषक रामप्रसाद यादवले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ