युवा सङ्घले तराई क्षेत्रमा युवा परिचालन गर्ने

युवा सङ्घले तराई क्षेत्रमा युवा परिचालन गर्ने

  • मङ्लबार, मंसिर १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, १ मङ्सिर । युवा सङ्घ नेपालले मधेसमा भइरहेको आन्दोलन मधेस र मधेसी जनताको पक्षमा नरहेको तथा संविधान मधेसी जनताको पक्षमा रहेको जानकारी दिन तराई क्षेत्रमा युवा परिचालन गरी संवाद, वार्ता र छलफल चलाउने निर्णय गरेको छ ।

सङ्घका कार्यबाहक अध्यक्ष दिलु पन्तको अध्यक्षतामा आज केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नाकाबन्दीका कारण अहिले बजारमा भएको कृतिम अभाव तथा कालाबजारीलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै त्यस्ता व्यापारीको खोजी गरी सरकारलाई बुझाउने निर्णय गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

त्यस्तै नाकाबन्दीका कारण उत्पन्न भएको असहज अवस्थालाई सामना गर्दै संयम भएका जनताप्रति राष्ट्रियताको स्वाधीनताको पक्षमा उभिन आग्रह गर्दै सम्पूर्ण जनतालाई आवश्यक पर्ने इन्धन, औषधि, खाद्यान्नलगायत सामग्री आपूर्तिको वैकल्पिक व्यवस्था गर्नसमेत माग गरेको छ ।

बैठकले गएको शनिबार मोरङमा आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि विभिन्न सङ्घ संस्थाबाट भएको आक्रमणको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ