सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, ३० कात्तिक । पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति परिवर्तन भई आगामी फागुन महिनामा हुने भएको छ ।
युवा तथा खेलकुदमन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष सत्यनारायण मण्डलको अध्यक्षतामा आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको राखेपको १०४औँ बोर्ड बैठकले फागुन १८ देखि २३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त प्रतियोगिता यसअघि मङ्सिर ११ देखि १८ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको थियो । देशमा भइरहेको विभिन्न समस्याका कारण निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसकिएको राखेपले जनाएको छ ।

त्यस्तै उक्त खेलकुदका लागि क्षेत्रीय छनोट प्रतियोगिता भने फागुन १२ देखि १५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । भारतको गुहाटी र सिलोङमा आयोजना हुने १२ औँ एसियाली खेलकुद प्रतियोगिता (साग) व्यवस्थित गर्नका लागि राखेपका सदस्यसचिव केशवकुमार विष्टको संयोजकत्वमा तयारी तथा सहभागिता समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

माघ २३ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने सागमा तेक्वान्दो, एथलेटिक्स, टेबल टेनिस, ट्राइथलन, पौडी, धनुकाँड, ब्याडमिन्टन, बास्केटबल बक्सिङ, साइक्लिङ, फुटबल, ह्यान्डबल, हक्की, जुडो, कबड्डी, भारोत्तोलन, सुटिङलगायत २३ खेलको सहभागिता रहने छ ।

सागको तयारीका लागि राष्ट्रिय सङ्घ र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी एक हप्ताभित्र अनुमानित बजेट तयार पारी युवा तथा खेलकुद मन्त्रालयमा पठाइने बैठकले निर्णय गरेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी