काठमाडौ ३० कार्तिक । आइएसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियसिपको दोस्रो चरण अन्तरगत आफ्नो पहिलो खेलमा नेपाल पुपुवा न्युगिनीसग‘ ३ विकेटले पराजीत भएको छ ।
नेपालले दिएको २ सय ३३ रनको चूनौती पपुवा न्युगीनीले ८ विकेटको क्षतिमा ४९.३ ओभरमा भेट्टायो ।
टस जीतेर व्याटीङ रोजेको नेपालले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।
नेपालका लागि शरद भेस्वाकरले सर्वाधीक ७८ रन बनाए भने शुभाष खकुरेलले ६३ रनको योगदान दिए । शरदले ८२ बलमा ५ चौका प्रहार गर्दै उक्त रन जोड्न सफल रहे । खकुरेलले १ सय २ बल खेल्दा २ चौका हाने ।
त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन जोडे । बसन्त रेग्मीले अवीजीत २० रन बनाए भने सागर पुन १० रनमा पेभिलियन फर्किए ।
अनील मण्डल शुन्य रनमा शुरुमै आउट भए पछि दवावमा आएको नेपाललाई कप्तान पारस खड्का ६ रनमा आउट हुदा झनै ठूलो समस्या पैदा भएको थियो । यसै गरी सोमपाल कामी ८ र महबुब आलमले ३ रन जोडेका थिए । पपुवा न्युगीनीका असद बालाले सर्वाधीक तीन विकेट लिए ।
पपुवा न्युगीनीका असद भालाले सर्वाधीक ८७ रन जोडे ।
नेपालका लागि कप्तान पारस खड्का र मेहेबुब आलमले २÷२ तथा शक्ति गौचन,सागर पुन, र सोमपाल कामीले एक एक विकेट लिए ।
यो पराजय पछि नेपालको अघिल्लो चरणको प्रवेशको संभावना कठिन बनेको छ ।
नेपालले बुधबार पपुवा न्युगीनी विरुद्ध दोस्रो खेल खेल्ने छ ।
यसअघि नेपाल स्कटलयाण्डसँग पराजित भएको थियो भने पपुवा न्युगिनीले नेदरल्यान्ड्ससँग हार बेहोरेका थिए ।
पपुवा न्युगिनी एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त र कन्टिनेन्टल खेलिरहेको टोली हो र नेपाल र पपुवा न्युगिनीबीच सिनियर एकदिवसीय क्रिकेट प्रतियोगितामा हालसम्म भेट भएको छैन ।
सन् २०१२ मा भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा भने यी दुई टोली आमनेसामने भएक र्थि सो क्रममा नेपालले पपुवा न्युगिनीसँग एक जीत र एक हारको नतिजा निकालेको थियो ।
यस्तै सन् २०१३ मा भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा पनि नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसै वर्ष आयोजित विश्वकप छनोटमा भने नेपाली टोली पपुवा न्युगिनीसँग पराजित भएको थियो ।