सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा सर्यो

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा सर्यो

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ३० कात्तिक ।

राष्ट्रिय खेलकुद परिषदले पूर्वाञ्चलमा मंसिरमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद फागुनका लागि सारेको छ

आज बसेको परिषदको १०४ औं बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १८ गतेदेखि २३ गतेसम्म गर्ने निर्णय गरेको हो । यसअघि मंसिर ७ देखि ११ गतेसम्मका लागि प्रतियोगीताको मिति तय भएको थियो

तराई मधेसमा जारी बन्द हड्तालका कारण मंसिरमा प्रतियोगिता सम्पन्न गर्ने संभावना नरहेका कारण प्रतियोगिता सार्न लागिएको राखेपले स्पष्ट पारेको छ ।

प्रतियोगितामा ३५ खेल समावेश गर्ने राखेपले यसअघि नै निर्णय गरिसकेको थियो । प्रतियोगिताका केहि खेल भने सम्पन्न भइसकेका छन् । प्रतियोगिताका खेल झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, तेह्रथुम र इलाम हुने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी