भक्तपुर, ३० कात्तिक ।
चोरी गरेर फरार भएको एक गिरोहलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिषर भक्तपुर, प्रहरी बृत्त जगाते र महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले बिभिन्न समयमा दिउँसै चोरी गरेर फरार भएका व्यक्तिहरुलाई पक्राऊ गरि आज सार्वजनिक गरेको हो ।
चोरीमा संलग्न रहेको अभियोगमा पक्राऊ पर्नेमा सिन्धुपाल्चोक ज्यामिरे–९ घरभई काठमाडांै नारायणटार जोरपाटी बस्ने २१ वर्षका राजन तामाङ्ग, सिन्धुपाल्चोक भोटे नाम्लाङ्ग–१ घरभई जोरपाटी बस्ने ८ वर्षका मनोज तामाङ्ग, सिन्धुपाल्चोक लाङर्चे–१ घरभई जोरपाटी बस्ने २२ वर्षका जिमी लामा रहेका छन् ।
चोरीएको सामान चोरी गर्ने गिरोहबाट लिएर बिक्री गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखु–४ घरभई जोरपाटी बस्ने २३ वर्षका चन्द्र लामा र चोरीको सामान खरिद गर्ने नवलपरासी रजहर–१ घरभई हाल पुरानो वानेश्वर बस्ने ४४ वर्षका देवीलाल बि.कलाई पनि प्रहरीले पक्राऊ गरि सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायक उपरीक्षक एवं प्रवक्ता शेखर खनालले जानकारी दिनुभयो ।