बेलहिया नाकाबाट ५८ वटा इन्धन बोकेका गाडी नेपाल प्रवेश

बेलहिया नाकाबाट ५८ वटा इन्धन बोकेका गाडी नेपाल प्रवेश

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ३० कार्तिक । 

रुपन्देहीको बेलहिया नाकाबाट गएराति इन्धन बोकेका ५८ वटा गाडी नेपाल प्रवेश गरेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार डिजेल बोकेका ३५ वटा ट्यांकर नेपाल भित्रिएका छन् ।

यसैगरी राति १० बजेसम्ममा खाना पकाउने एलपी ग्यासका २३ वटा बुलेट पनि नेपाल भित्रिएको छ । नेपालमा जारी भएको संविधानप्रति असन्तुष्टी जनाउदै भारतले अघोषित नाकाबन्दी गरेपछि बेलहिया नाका हुँदै नेपाल भित्रिएको इन्धनको यो सबैभन्दा ठुलो परिमाण हो ।

यस्तै अरु सामान बोकेका तीन सय तीन वटा गाडी पनि नेपाल भित्रिएको प्रहरीले जनाएको छ । नाका सन्चालन भएपनि अझै सहज रुपमा आपूर्ति हुन नसकेकाले ढुक्क हुने अवस्था भने नरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ