काठमाडौ ३० कार्तिक ।
भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको एक लाख ७३ हजार २७५ रुपैयाँ बराबरको सामान झापाको भद्रपुरबाट प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको टोलीले झापाको भद्रपुर–७ स्थित गणेश मन्दिर र बलभद्र चौकबाट हिजो उक्त सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएका सामग्रीमा लत्ताकपडा, किराना आइटमका सामान लगायत रहेका छन् । बरामद सामग्री हिजै मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline