काठमाडौ ३० कार्तिक ।
आइएसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियसिपको दोस्रो चरण अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले आज पुपुवा न्युगिनीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार आज बिहान साँव ११ बजेपछि सुरु हुनेछ ।
युएईको अबुधाबी स्थित शेख जावेद रंगाशालामा हुने खेलमा दुवै टोली अंक हात पार्ने प्रयासमा हुनेछन् । पहिलो चरणमा नेपाल र पुपुवा न्यगिनी दुवैले अंक जोड्न सकेनन् । यसअघि नेपाल स्कटलयाण्डसँग पराजित भएको थियो भने पपुवा न्युगिनीले नेदरल्यान्ड्ससँग हार बेहोरेका थिए ।
पपुवा न्युगिनी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त र कन्टिनेन्टल खेलिरहेको टोली हो र नेपाल र पपुवा न्युगिनीबीच सिनियर एकदिवसीय क्रिकेट प्रतियोगितामा हालसम्म भेट भएको छैन ।
सन् २०१२ मा भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा भने यी दुई टोली आमनेसामने भएक र्थि सो क्रममा नेपालले पपुवा न्युगिनीसँग एक जीत र एक हारको नतिजा निकालेको थियो ।
यस्तै सन् २०१३ मा भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा पनि नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसै वर्ष आयोजित विश्वकप छनोटमा भने नेपाली टोली पपुवा न्युगिनीसँग पराजित भएको थियो ।